११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धोविघाटको भाइरल पोखरीमा टिकटक खिच्न प्रशासनको निषेध



निषेधको सूचना राख्दै प्रहरी । लेन्स : ललितपुर खबर

ललितपुर खबर
२६ चैत ०७७, धोविघाट । ललितपुरको धोविधाट मलपोखरीमा टिकटक खिचेर एकाएक भाइरल बनेपछि सुरक्षाको कारण देखाउदै प्रशासनले प्रवेशमा बन्देज लगाएको छ ।
टिक टकमा भिडियो भाइरल बनेपछि टाढा टाढाबाट टिक टक खिच्न र पोखरीमा प्रवेश गर्नेहरको भीड बढेपछि विहीबार महानगरिय प्रहरी प्रभाग बल्खुले पोखरीको तीनतिर बोर्ड लगाएर प्रवेशमा बन्देज लगाएको हो ।
लगाइएको वोर्डमा प्रहरी प्रभाग सानेपा र ललितपुर महानगरपालिकाको वडा नं. ४ को नाम उल्येख गरिएको छ । निषेधित सूचनामा लेखिएको छ, ‘यस मलपोखरीको दलदलमाथि जोखिमपूर्ण रुपमा जाने र अनावश्यक रुपमा भिडियो तथा फोटो खिच्दा दलदल भित्र भासिई ज्यान समेत जान सक्ने भएको हुँदा सो किसिमको क्रियाकलाप यस स्थानमा गर्न निषेध गरिएको छ ।सो किसिमको क्रियाकलाप यस स्थानमा गर्न निषेध गरिएको छ ।’

टिकटक खिच्नेको भीड बढेपछि झुम्मिउका आगन्तुक । लेन्स : ललितपुर खबर

बोर्ड पोखरीनजिक राख्ने क्रममा महानगरिय प्रहरी प्रभाग वल्खुमा कार्यरत एक प्रहरीले भने दलदलमाथि बसेर फोटो खिच्दा भासिएर ज्यान जानसक्ने भन्दै स्थानीयबासीहरुको गुनासो आएको र भीड समेत बढ्न थालेपछि टिक टक खिच्न र जान निषेध गरिएको हो । उनले भने, ‘यदि कोही कसैले अनाधिकृत रुपमा प्रवेश गरि टिक टक खिच्ने र हिड्ने गरेको पाइए पक्राउ गरिने छ ।’
तर स्थानीय जगतबहादुर लामाले भने लामो समयदेखि पोखरीमाथि पलाएको घास काट्न र गाई भैसी चलाउन स्थानीय जाने गरेकोले प्रवेश गर्न भने प्रहरीले रोक्न नसक्ने वताए । उनले भने, ‘मैले नै धेरै पल्ट पोखरीमाथि पलाएको घाँसमा बाख्रा चराउन गएको छु ।’
उनका अनुसार पोखरी भासिएपछि गाई भैसी डुवेको समेत बताए । भने, ‘साना गाई भैसी चलाउदा केही भएको छैन ।’
ललितपुर महानगरपालिका वडा नं. ४का वडाध्यक्ष नारायण केसीले जुनसुकै बेला दुर्घटना हुन सक्ने भन्दै स्थानीय र सरोकार वालाहरुले सम्पर्क गर्न थालेपछि प्रवेश तथा टिकटक खिच्न निषेध गरिएको जानकारी दिए । भने, ‘त्यो जग्गा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको हो । हाम्रो त्यसमा अधिकार छैन । तर वडाबासीको सुरक्षाका लागि हामीले सूचना टासेका छौं । प्रहरीले त्यसको सुरक्षा जिम्मेवारी हेर्छ ।’
पछिल्लो समय यस पोखरी वरपर मल बनाउनका लागि काम भइरहेको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ९ : ०२ बजे