२६ चैत ०७७, गिम्दी ललितपुर । बागमती गाउँपालिका ७ गिम्दीस्थित साहुमारा धराप डाँडा सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिने क्रममा यसै सथानमा बस्ने ५९ वर्षीय सन्तलाल सिङ्गारको आगलागीमा परी बुधबार दिउँसो मृत्यु भएको छ ।
वागमती गाउपालिका ७ का वडाध्यक्ष नवराज सञ्जेलका अनुसार मृतक सिङ्गार आफ्नो गोठ नजिक लागेको आगो निभाउन जाने क्रममा लडेर मृत्यु भएको हो ।
वडाध्यक्ष सञ्जेलका अनुसार उनको शव प्रहरीले पोष्टमार्टमका लागि पाटन अस्पतालमा लगेको छ । सम्भवतः आज पोष्ट मार्टम होला । वडाध्यक्ष सञ्जेलले ललितपुर खबरसँग भने ।
यस क्षेत्रमा ७ दिन देखि निरन्तर आगलागी भइरहेको । स्थानीय प्रहरीको सक्रियतामा आगो नियन्त्रणका लागि प्रयास भइरहे पनि सफल हुन नसकेको वडाध्यक्ष सञ्जेलको भनाई छ ।
पछिल्लो समय आगलागी फैलदै गएपछि आगो नियन्त्रण र स्थानीय खानेपानीको पाइप नष्ट भएको हुँदा अप्ठ्यारो परिरहेको छ ।
प्रतिक्रिया