७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नयाँ सरकार बनाउन विपक्षीको छलफल, बैठक सकारात्मक



प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच शुुक्रबार नेका सभापति शेरबहादुर देउवा निवास बुुढानिलकण्ठमा बसेको तीन दलको बैठक । तस्वीर : रोशन सापकोटा\रासस

२७ चैत ०७७, काठमाडौं । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताबीच सत्ता समीकरणबारे आज शनिबार छलफल भएको छ । नेपाली काँग्रेसका प्रवक्ता शर्माले सत्ता समीकरणका लागि तीन दलबीच भएको पहिलो बैठक सकारात्मक रुपमा टुगिङ्एको बताएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको बैठकमा सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यसमितिले केही दिनअघि गरेको निर्णयबारे जानकारी दिएका थिए ।
कांग्रेसले यही चैत २० गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको महिना दिनभन्दा बढी समय हँुदासमेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो ।
सभापति देउवाले राखेको यस प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘सकारात्मक छ’ भनेको बैठकमा सहभागी कांग्रेस प्रवक्ता शर्माले जानकारी दिएका छन् । अध्यक्ष दाहालले त्यसमा आफूहरु साथमा रहेकोसमेत अवगत गराउनुभएको थियो । जसपाका नेताहरुले भने यो प्रस्तावबारे आफ्नो पार्टीमा छलफल गरेर निर्णय गरेपछि पुनः बस्ने बताएका थिए ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत र प्रवक्ता शर्मा, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहाल, नेताद्वय कृष्णबहादुर महरा र देवबहादुर गुरुङ, प्रवक्ता नारायणकाजी श्रेष्ठ एवं जसपाका तर्फबाट अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, सङघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राईलगायत सहभागी थिए ।

 

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ७ : ३९ बजे