११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा बिस्केट जात्राको रथ शनिबार दिउँसो दुई बजे तानिने




२७ चैत ०७७, भक्तपुर । यो पटक बिस्केट जात्राको रथ शनिबार दिउँसो दुई बजे तानिने भएको छ। भक्तपुर नगरपालिकामा बिहीबार बसेको बैठकले उक्त समयतालिका सार्वजनिक गरेको हो।
भैरवनाथ मानिने उक्त रथ दिनको दुई बजे तान्न सुरू भई टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लगिनेछ। यसका लागि दुई समुहबीच होस्टे(हैंसे गर्दै रथ आफ्नो टोलमा लग्ने प्रतिस्पर्धा नै चल्छ।

जात्राको समयमा रथमाथि जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठी लगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति अनधिकृत रूपमा नचढ्न नगरपालिकाले अनुरोध गरेको छ।

जात्रा अवधिभर भक्तपुर नगरक्षेत्रमा खानेपानीको आवश्यक व्यवस्था मिलाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड, विद्युत प्रसारण नियमित गर्न विद्युत प्राधिकरण र टेलिफोन तथा इन्टरनेट सेवा चुस्त राख्न नेपाल टेलिकमलाई जिम्मा दिइएको छ। भक्तपुर नगरका विभिन्न क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचार सेवा पनि दिइनेछ।

यसका लागि चैत ३१ गते बेलुकी पाँच बजे ठ्ड्याउने र वैशाख १ गते बेलुकी पाँच बजे ढाल्ने समय तोकिएको छ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ८ : ४८ बजे