११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुमारीपाटीको गुडविल सहकारी प्रहरीले सिल गरेपछि बचतकर्ता अलमल्ल




ललितपुर खबर
२९ चैत ०७७, कुमारीपाटी । ललितपुरको कुमारीपाटीस्थित गुडविल सेभिङ्ग एण्ड क्रेडिट सहकारीमा महानगरिय प्रहरी परिसर जावलाखेलले गत चैत २१ गते सिल गरेपछि निक्षेपकर्ता अलमल्लमा परेका छन् ।
महानगरिय प्रहरी परिसर जावलाखेलका प्रहरी उपरिक्षक तथा प्रवक्ता प्रज्वल महर्जनले करिव ८९ करोड रुपैयाँ निक्षेप रहेको निक्षेपकर्ताहरुले संचालक दिवाकर श्रेष्ठ फरार रहेको व्यहोरा उल्येख गरेर उजुरी दिएपछि खोजी गर्दा निज चितवनबाट पक्राउ परेको र तत्काल कार्यालय सिल गरेर अनुसन्धान नगर्दा कारोबार सहकारीको हरहिसाव थप हिनामिना हुन सक्ने अवस्थालाई ध्यान दिएर वचतकर्ताको पैसा सुरक्षित राख्न सिल गरेको जानकारी दिए ।
कुमारीपाटीस्थित सहकारी कार्यालय नजिकका कार्यालयमा काम गर्ने कर्मचारीहरु सहकारीबारे सोधखोज गर्न आउने बचतकर्ताहरुलाई जवाफ दिदैमा हैरान भएको बताएका छन् । एक कर्मचारीले ललितपुर खबरसँग भनिन्, ‘केही दिनदेखि सहकारी कार्यालयमा आउने मान्छे बढेको छ । प्रहरीले सिल गरेको छ भन्ने सुनेपछि प्रहरी कार्यालयमा जावलाखेल जान्छु भन्दै जान्छन् ।’
कुमारीस्थित कार्यालय परिसरमा आईपुगेकी एक वचतकर्ताले आफ्नो पैसा डुव्ने चिन्ता लागेको बताइन् । भनिन्, ‘ठूला मान्छेले सोर्सफोर्स लगाएर पैसा उठाउछन् । हामीले के गर्ने होला ।’
प्रहरी उपरिक्षक महर्जनले पिडितहरुले अलमल नगरि प्रहरीमा उजुरी दिन आग्रह गरे । भने, ‘सहकारीको लगानीबारे जानकारी भए हामीलाई लिखित प्रमाणहरु दिनुस् ।’
उपरिक्षक महर्जनले संचालक श्रेष्ठसहित संचालक समितीका अन्य ८ जना व्यक्तिहरु पनि जिम्मेवार पाइएपछि पक्राउ गरिएको बताए । भने, ‘हामीले सहकारीका कागजातहरु समेत अनुसन्धान गर्ने क्रममा हेर्नु पर्ने अवस्था आएपछि सिल गरेका हौं ।’


उपरिक्षक महर्जनका अनुसार कागजातहरु डिजिटल फोरेन्सिप ल्यावमा पठाएर अनुसन्धान भइरहेको छ । प्रहरीले आफूले गर्नसक्ने कागजातहरु हेरिरहेको छ ।
प्रहरी अनुसन्धान गर्ने निकाय भएकाले उजुरीमा उल्येख भएको रकम फेला परे पनि तत्काल दिन सक्ने अवस्था भने नरहेको उनको भनाई छ । फेला परेका रमक प्रमाणित रकम सरकारी वकिलका कार्यालयमा पठाउने र अदालतले नै सबै कुरा टुंगो लगाउने सरकारी प्रकृया रहेको महर्जन बताउछन् ।
प्रहरीले सहकारी कार्यालय सिल गरेपछि विज्ञप्ती प्रकाशन गरेर पिडितलाई उजुरी दिन आह्वान गरेको उनले बताए । भने, करिव ७० जनाको उजुरी आएको छ । केही आउने क्रममा छ ।’
प्रहरीले हरहिसाव हिनामिनाबारे अनुसन्धान गर्ने र हिनामिना भए नभएको पुष्टिका आधार वकिलको कार्यालयमा बुझाउने जिम्मेवारीमा रहेको प्रहरीको भनाई छ । उनका अनुसार सहकारीले के कति लगानी प्रमाण प्रहरी कार्यालयलाई समयमै बुझाए समस्या समाधान गर्न सझिलो हुन्छ । महर्जनका अनुसार अनुसन्धानले नयाँ मोड नलिए २०÷२५ दिन समय लाग्नेछ ।
प्रवक्ता महर्जनले नियमन निकायले समस्याग्रस्त घोषणा गरेर सहकारीको कारोबार सुरु हुनसक्ने अवस्थामा आउन सक्ने पनि सम्भावना रहेको बताए । भने, ‘हेरौं अनुसन्धानपछि कस्तो अवस्था आउछ ।’
ललितपुर बचत संघका अध्यक्ष रामहरी बजगाँईले समस्या समाधान र अनुसन्धानलाई सघाउन प्रमुख जिल्ला अधिकारी,महनगरका मेयर र प्रहरी कार्यलयबीच निरन्तर छलफल चलिरहेको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ११ : १० बजे