१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोंगबु गेष्टहाउसमा मृत भेटिए एक पुरुष, २ जना पक्राउ




२९ चैत ०७७, काठमाडौं । काठमाडौं गोंगबुस्थित गोदावरी सन्तोषी गेष्टहाउसमा एक पुरुष मृत फेला परेका छन्। शनिबार साँझ गेष्टहाउसमा बस्न आएका नारायणबहादुर घर्ती क्षेत्री मृत भेटिएका हुन्।

महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जका अनुसार गएराति १० बजे नै उनी मृत अवस्थामा भेटिएका हुन्। मृतक क्षेत्रीसँगै गेस्टहाउसमा आएका दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ढकुराम बस्‍नेत र राजकुमार गाहा रहेका छन्। बस्‍नेतलाई सुनवल र गाहालाई आरूबारीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा पुर्‍याइएको छ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  २ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।