१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठमेलनजिकै तास खेल्ने ११ जना पक्राउ




२९ चैत ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका २६ ठमेल नजिकै केशरमहलस्थित होटल आर्य ताराको पाँचौ तल्लाको कोठाबाट तास खेलिरहेको अवस्थामा काभ्रे धुलिखेल नगरपालिका ६ घर भएका ३६ वर्षीय अर्जुन लामा समेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख २६ हजार रुपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ७ : १६ बजे