१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बिस्केट जात्राका लागि लिङ्गो ठड्याइँदै




३१ चैत ०७७, काठमाडौं । भक्तपुरमा बिस्केट जात्राको क्रममा आज लिङ्गो उठाइँदै छ । चैत मसान्तको दिन गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो ईन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ ।

चैत मसान्तमा ईन्द्रध्वजासहितको लिङ्गो उठाएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवं पूजा गरी बेलुकी लिङ्गो ढाल्ने परम्परा छ । लिच्छविकालदेखि बिस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् ।

परापूर्वकालदेखि चलिआएको विश्व प्रसिद्ध यो जात्रा बिस्केट अर्थात “सर्प मारियो” भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । त्यस्तै भक्तपुरको कुम्हा टोलमा आज दिउँसो हात नभएको लिङ्गो ठड्याउने गरिन्छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १२ : ३२ बजे