१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नक्कली बैना कागज बनाई ५० लाख ठगेको अभियोगमा पक्राउ




३१ चैत ०७७, काठमाडौं । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका ५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ठकुरीले नागार्जुन नगरपालिका ६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १५ स्वयम्भूबाट फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
उनलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।