१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं र भक्तपुरमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु



प्रतिकात्मक तस्बिर

२ वैशाख ०७८, ललितपुर । काठमाडौं र भक्तपुरमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंको माकलबारीमा गएराति बा ७० प ८९८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा काठमाडौंको अत्तरखेल बस्ने सिरहाका २२ वर्षका सोनाम मुखियाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै भक्तपुरको राधेराधे नजिकै गएराति बा ५३ प ६९३८ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल पछाडि बस्ने व्यक्तिको ज्यान गएको छ ।

मोटरसाइकल पछाडि रहेका काभ्रेको धुलिखेल नगरपालिका १० का ३२ वर्षका महेश शाह ठकुरीको भक्तपुरको थिमिमा रहेको मध्यपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

चालक २२ वर्षका महेन्द्र शाह ठकुरीको अहिले मध्यपुर अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ९ : ५७ बजे