७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विहीबार थप ५ सय ३४ कोरोना सङ्क्रमित




२ वैशाख ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ३४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार तीन हजार ५ सय ८८ मा पिसीआर र ५ सय ६४ मा एन्टिजेन गरी चार हजार १ सय ५२ को कोरोना परीक्षण गर्दा ५ स।य ३४ मा कोरोना पुष्टि भएको हो । चार सय ९० मा पिसीआर र ४४ मा एन्टिजेन पोजिटिभ आएको हो ।
आज थपिएका सङ्क्रमितमध्ये १ सय ९६ काठमाडौँ उपत्यकाका छन् । भक्तपुरमा आठ, ललितपुरमा ४३ र काठमाडौँमा १ सय ४५ रहेका छन् । गत २४ घण्टामा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६६ पुगेको छ । गत २४ घण्टामा १ सय ५७ सङ्क्रमित निको भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६ सय ४ पुगेको छ ।

अहिले देशभर चार हजार ३ सय ८४ सङ्क्रमित आइसोलेशनमा छन् । तीमध्ये तीन हजार ८ सय ९४ होम आइसोलेशनमा रहेका छन् भने ४ सय ९० संस्थागत आइसोलेशनमा छन् । देशभर ९१ आइसीयु र ३५ सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । हाल ६८ क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ९ : ३६ बजे