१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रचण्डले लेले चन्दनपुर सडक बनाउन प्रधानमन्त्रीसँग कुरा गर्ने




ललितपुर खबर
३ वैशाख ०७७, ललितपुर । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेले चन्दनपुर सडक स्तारेन्नतीकोका कामका लागि लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बचन दिएका छन् । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको नवनिर्मित भवनको उद्घाटन कार्य क्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस क्षेत्रको बाटो अप्ठ्यारो र भएको बताए ।
अध्यक्ष प्रचण्डले कार्यक्रम अवधिभर प्रधानमन्त्री केपी शर्मा ओलीको धेरै समयपछि टेलिफोन आएको र भेटेपछि यस विषयमा फलफल गर्ने बचन दिए । प्रचण्डले भने, ‘यहाँ बाटो बन्दै रहेछ । बाटो बन्दै गरेको देख्दा खुशी पनि लाग्यो । यो धेरै ढिला भइरहेको छ ।’

हेर्नुस् भिडियो :

पुर्वंप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग यो बाटो बनाइदिनुस् ठूलो काम हुन्छ भन्ने कार्यक्रममा भाषण गर्ने क्रममा भने ।
यसअघि नै यो सडक कालोपत्रका लागि बजेट विनियोजन भएको बताइएको छ ।
अध्यक्ष प्रचण्डले गाँउपालिकाको नयाँ भवन उद्घाटनपछि बोल्दै बनेपछि भवनबाट दिने सेवाहरु प्रभावकारी हुनु पर्ने बताए । उनले भने, यो भवन बन्यो राम्रो भयो त्यो भन्दा पनि राम्रो कुरा यस भवनबाट दिने नै हो । जनतालाई जति धेरै राम्रो सेवा दिन सक्यो उति नै यो भवन उद्घाटन गरेको औचित्य सिद्ध हुन्छ ।’

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  २ : ४२ बजे