१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ४३ जनामा कोरोना संक्रमण




३ वैशाख ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा ३४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकानुसार काठमाडौँमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै शुक्रबार नेपालमा थप ९०० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार पछिल्लो समय ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ८९० पुगेको छ । त्यस्तै पछिल्लो समय थप २०८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ८१२ रहेको छ । निको हुने दर भने ९७ दशमलव एक प्रतिशत रहेको छ ।

अहिले देशभर पाँच हजार आठ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ६६ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख ३५ हजार ८५ को पीसीआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण चार जनाको मृत्यु पुष्टी भएको छ भने दुई जनाको मृत्यु भएको छ । हालसम्मा तीन हजार ७० ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : २९ बजे