२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


तनहुँ उवासङ्घका अध्यक्षमा श्रेष्ठ विजयी



 तनहुँ उद्योग वाणिज्य सङघको शनिबार राति सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ विजयी भएपछि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार बैकुण्ठनाथ मिश्र बधाई दिँदै ।  । तस्वीर : सानेबहादुर नेपाली \रासस

५ वैशाख ०७७,दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ भारी मतले निर्वाचित भएका छन् । जिल्लाका सातवटा बजार एकाइका गरी कूल एक हजार ९ सत ५० मतदाता रहेकामा श्रेष्ठ ८ सय ६ छ मत ल्याएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६ सय ६५ मत प्राप्त गरेका थिए । श्रेष्ठ १ सय ४१ बढी मत ल्याएर विजयी भएका हुन् । मतगणनाको क्रममा २३ मत बदर भएको थियो ।
अध्यक्ष पदका मिश्र र श्रेष्ठ दुई जनाको उम्मेदवारी रहेपछि निर्वाचन प्रक्रियामा गएको हो । अर्का उम्मेदवार अर्जुन अधिकारीले भने यसअघि नै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । सबैभन्दा बढी मत रहेको दमौलीमा एक हजार ८५, आँबुखैरेनी ३ सय ४७, डुम्रे २ सय ६१, थर्पु १ सय २१, सत्रसय ४७, विमलनगर ४१ र बन्दीपुर ४८ सदस्य सङ्ख्या रहेको सङ्घका कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् । सङ्घको अध्यक्ष पद दाबी गर्दै लोकतान्त्रिक खेमाका श्रेष्ठ र बैकुण्ठनाथ मिश्र चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएको थियो । सङ्घको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत चयन भएका थिए । कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, सङ्घको एशोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार सर्वसम्मत चयन भएका हुन् ।

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।