१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं बुलबुलेमार्गमा भाउजूको हत्या आरोपमा देवर पक्राउ



©lalitpurkhabar.comshayam phuyal

५ वैशाख ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका–१०, बुलबुलेमार्गस्थित सडकमा भाउजूको हत्या आरोपमा देवर पक्राउ परेका छन् ।

४८ वर्षीया भाउजू रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । रोशनीलाई मोहनले फलामको रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । गम्भीर घाइते रोशनीको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा आफैँ उपस्थित भएका मोहनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  २ : ३९ बजे