७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


“महामारी फैलियो, सावधानी छैन”



ललितपुरको लगनखेल फुटपाथमा किनमेल गर्नेको भीड । लेन्स ; ललितपुर खबर

५ वैशाख ०७७,चितवन । जिल्लामा कोरोना महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ मल, पार्टी प्यालेस खुल्लै छन् भने मानिस मास्क नलगाई भीडभाडमा देखिन्छन् ।
सामान्य अवस्थामा हुने विभिन्न राजनीतिक दलका कार्यक्रम, धार्मिक एवं सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, गोष्ठी, सेमिनारलगायत ठूला कार्यक्रम जिल्लामा नियमित भइरहेका छन् । ती कार्यक्रममा सहभागीहरुमध्ये अधिकांश मास्क लगाएको पाइँदैन ।
भरतपुर अस्पतालका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी रोग फैलिएपनि सावधानी नरहेको बताउनछन् । उनले भने, “विगतमा मानिसमा डर धेरै थियो, अहिले रोग फैलिए पनि डर हराएका कारण सावधानी छैन ।” यही अवस्था रहे स्वास्थ्य क्षेत्रमा जटिल अवस्था आउने उहाँले चेतावनी दिए । उनले भने, “अवस्था जटिल हुने देखिन्छ ।” कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छौँ भनेर कतिपय ढुक्क भएको बताउँदै उहाँले भन्नुभयो, “यस्तो व्यक्तिमा पनि सङ्क्रमण हुन सक्छ, रोग सार्न पनि सक्छन् ।”
सामान्यतया सङ्क्रमित व्यक्तिको छ फिट वरपर बढी जोखिम हुने भए पनि एउटै हलमा पङ्खा लगाएर बस्दा यो धेरैतिर फैलिने उनले जानकारी दिए । भने, “जिल्लामा अहिले पङ्खा लगाएर कार्यक्रम भइरहेका छन् । यो निकै जोखिमपूर्ण छ ।” मानिसले मुखमा नभएर हातमा मास्क बोकेर हिड्ने गरेको भन्दै उनले यस्तै अवस्था रहे आगामी दिन झ डरलाग्दो भयावह हुने बताए।
भारतीय क्षेत्रबाट रोग छल्न यहाँ आउने लहर बढेको भन्दै उनले सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा जोड दिए । जिल्लामा सङ्कलन भएका नमूना बाहिर नपठाएकाले कोरोनाको परिवर्तित रुप हो वा पुरानै हो भन्ने यकिन नभएको उनको भनाइ छ । उनले अगाडि भने, “नयाँ परिवर्तित भएका कारण पनि यहाँको प्रयोगशालाले नदेखाएको हुन सक्छ ।”
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले हिँड्डुल गर्ने आधाले पनि मास्क नलगाएकाले जोखिम उच्च रहेको बताए । स्वास्थ्य निर्देशिका पालना नभएको भन्दै उनले सावधानी नअपनाउँदा भयावह हुन सक्ने चिन्ता व्यक्त गरे । उनले भने “जिल्लामा दैनिक १० भन्दा बढीमा अहिले सङ्क्रमण देखिएको छ । यो दिनहुँ बढ्ने अवस्थामा छ ।”

व्यक्ति स्वयंले रोगको जटिलताको बारेमा नबुझेसम्म नियन्त्रण कठिन भएको भन्दै उहाँले नागरिकलाई बुझाउनै नसकिएको गुनासो गरे । भीडभाड गरेर कार्यक्रम नगर्न भनिएको भए पनि पालना हुन नसकेको तिवारीको भनाइ छ ।
भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेडेण्ट डा जगन्नाथ तिवारी बिरामी थपिने क्रम जारी रहेको बताउछन् । उनका अनुसार भरतपुर अस्पतालमा मात्रै अहिले २२ जना सङ्क्रमित रहेका छन् । अस्पतालले १० श्ययाको सघन उपचार कक्षसहित ६३ श्यया कोरोना सङ्क्रमितका लागि छुट्याएको छ । निजी दुई मेडिकल कलेजले पनि सङ्क्रमितको उपचार गरिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्वास्थ्य निर्देशिका पालना गर्न जिल्लावासीलाई सूचना जारी गरेको भए पनि पालना हुन नसकेको बताए । विभिन्न क्षेत्रका सरोकारवालासँग दैनिक छलफल भइरहेको भन्दै उहाँले हालसम्म भने कडाइका साथ प्रतिबन्धहरु भने लगाई नसकिएको जानकारी दिए ।
बिरामी उपचारका लागि सरकारी र निजी क्षेत्रलाई तयारी गर्न लगाइएको भन्दै उहाँले हालसम्म उपचार गर्न कुनै समस्या नरहेको बताए । सङ्क्रमण थप फैलिँदै गएमा गर्नुपर्ने तयारी गर्न अस्पताललाई निर्देशन दिएको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा हालसम्म सात हजार ५९ सङ्क्रमित भएकोमा छ हजार ८ सय १८ निको भएका छन् । हाल सङ्क्रमित १ सय २७ रहेका छन् । तीमध्ये २६ जना अस्पतालमा छन् भने १ सय १ होम आइसोलेशनमा रहेका छन् । हालसम्म जिल्लाका १ सय १४ को कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ५७ बजे