१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मध्यभोटेकोशी जलविद्युतलाई आईपीओ निष्कासनको अनुमति




७ वैशाख ०७७, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि उक्त रकम बराबरको १ करोड ५० लाख कित्ता आईपीओ विक्रीको लागि वैशाख ५ गते अनुमति दिएको हो ।

अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको रू। ६० करोड बराबरको ६० लाख कित्ता आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाको लागि आईपीओ विक्री गर्नेछ भने दोस्रो चरणमा १५ प्रतिशतका दरले रू। ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  २ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।