१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुधबार ललितपुरमा विद्युत् अवरुद्ध हुने



मंगलबार ट्रान्सफरमर जडान गर्दै प्राविधिक । तस्विर ः ललितपुर खबर

ललितपुर खबर
७ वैशाख ०७८, चापागाँउ । हुन त आजकल ललितपुरमा कुन बेला विद्युत् अवरुद्ध हुन्छ र कहिले सुचारु हुन्छ भन्ने केही ठेगान छैन । तर बुधबार भने विद्युत् प्राधिकरण ललितपुरले सूचना नै प्रकाशित गरेर विजुली काट्ने भएको छ ।
गत वैशाख ३ गते कन्डक्टर अपग्रेट गर्नका लागि बनाइएको मर्मत तालिका मौसमको खरावीका कारण हुन नसकेपछि बुधबारलाई सारिएको प्राधिकरणले जानकारी दिएको छ ।
दिउँसो १२ बजेदेखि २ बजेसम्म लूभू फिडर,गोदावरी र एइमाडोल फिडर बाट विद्युत् अवरुद्ध हुन लागेको हो पाटनको प्रिमियर स्कूल अगाडि काटिने विद्युत्का कारण यस क्षेत्रका सबै ठाँउमा विद्युत् अवरुद्ध हुने प्राधिकरण कार्यालय लगनखेलले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : ५३ बजे