१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार

पाटनमा पर्यटकका लागि पदयात्रा मार्गको पहिचान

७ वैशाख ०७७, पाटन । ललितपुर पाटनको पर्यटन प्रबद्र्धनका लागि विश्व सम्पदा दिवसको अवसर पारेर ललितपुर उद्योग वाणिज्य संघले ललितपुरको पाटनढोका, पुल्चोक, लगनखेल, महाबौद्ध र बालकुमारीलाई पर्यटन प्रवेश द्धार रुपमा पहिचान गरि सार्वजनिक गरेको छ ।

स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि पदयात्रा मार्गको रुपमा प्रचार प्रसार गर्न संघले सम्पदा पदयात्राको आयोजना गरेको थियो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबाट समुदघाटन गरिएको यस सम्पदा पदयात्रा कार्यक्रममा श्रीलंकाका महामहिम राजदुत, कन्सुलर, नेपालका लागि विश्व बैंकका ओपिसी म्यानेजर, अमेरीकन दुताबासका मानव अधिकार अधिकृत, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक, पर्यटन प्रहरी प्रमुख, पर्यटनसँग सम्बन्धित संस्थाहरु ट्रेकिङ्ग एशोसियसन अफ नेपालका अध्यक्ष, होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष, टुरिष्ट गाइड एशोसियसन अफ नेपालका अध्यक्ष, चाइनिज गाईड एशोसियसन अफ नेपालका अध्यक्ष, जिल्लाका विभिन्न वस्तुगत संघ तथा समाजका अध्यक्षहरु लगायत अन्य गण्यमान्य महानुभावहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा मेयर महर्जनले ललितपुरमा पर्यटन प्रबद्र्धनका लागि महानगरपालिकाले छिट्टै नै आन्तरिक तथा बाह्रय पर्यटकहरुका लागि निःशुल्क विजुली बस संचालनमा ल्याउन लागेको बताएका थिए ।

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्योंले ललितपुरमा पर्यटन गतिविधि बढाउन हाम्रा पुर्खाहरुले छोडेर गएका ऐतिहासिक धरोहरहरुको जगेर्ना गर्दै यहांका मूर्त अमूर्त संस्कृतिका साथै पर्यटकिय स्थललाई आन्तरिक तथा बाह्रय पर्यटकलाई चिनाउन विविध कार्यक्रमहरु गर्नु पर्ने बताएका थिए । ललितपुर नगरलाई विश्व कला परिषदबाट कला नगरी धोषणा भई सक्दा पनि उचित प्रचार प्रसारको अभावले यहाँ सोचे अनुरुप पर्यटकहरु नआएको उनको भनाई थियो ।

संघका पर्यटन तथा सांस्कृति प्रबद्र्धन समितिका संयोजक एवं कार्यसमिति सदस्य आपुलाल अवालेले जिल्लामा पर्यटन प्रबद्र्धनका लागि हरेक महिनाको अन्तिम शनिबार संघले पहिचान गरेका यी पाँच रुटमा सम्पदा पययात्रा गर्नुका साथै पाटनको चिनारी पुस्तक, पर्चा, नक्सा छाप्ने तयारी गरिरहेको जानकारी दिउका थिए ।

पाटनढोकाबाट शुरु भएको पदयात्रा पिम्बहाल, नबहिल, न्याखचुक, नागबहाल, हिरण्यमहाविहार, बंगलामुखी ज्यापु समाज भवन हुदै मंगबजार पुगेर समापन गरिएको थियो ।
संघद्धारा पहिचान गरिएका पदयात्रा मार्गहरु पाटनढोका प्रवेश द्धार भएर पिम्बहाल, साँल, नबहिल, न्याखाचुक, नासँचुक, बाफाचा गल्ली, नागबहाल, इलाननि, हिरण्यवर्ग महाविहार, झाटापोल, बंगलामुखी मन्दिर, स्वठ हुदै मंगलबजारसम्म रहेको छ
दोश्रो प्रवेश द्धार पुल्चोक भएर शुरु हुन्छ । यो रुट क्वयना गणेश, नत्वा, श्रीबहाल, नबहाल, पूर्णचण्डी, बुबहाल, हखबाहा, बाग तुं, कायगुननी, दौबहा, पट्को, मोमदुगल्ली हुदै मंगलबजारसम्म रहेको संघले जाकनारी दिएको छ ।

पहिचान भएको अर्को तेश्रो मार्ग बालकुमारी प्रवेशद्धार भएर गुइतबहि, पिलाछें, भिन्छेबाहा, सुबहाल, भोलढोका, ज्यापु समाज भवन, चास, चिकंबहि, भिन्द्योलाछि, चोछें, भेलाछें, सेतो गणेश गछ्ै, इवहि (खतां आजु), इवहि थुर, धुम्बहा, कोबहा, स्वठ हुदै मंगलबजार नै पुगेर टुंगिन्छ ।

महाबौद्ध प्रवेश द्धार भएर सुरु हुने चौथो मार्ग ओकुबहाल, रुद्रवर्ण महाविहार, तगोचिभा, महाबुद्ध मन्दिर, थपाहिटि, गुजिबहाल, चालाछें, त्वायबाहा, चपट (गणेश मन्दिर), लोंल, रातोचैत्य, चैत्य (टेराकोटा), आकाश भैरव खपिछें, सत्य मोहन निवास, ओमबाहा (पुरानो बही), वल्गु गणेश, तुम्बहा, स्वठ (नारायण मन्दिर), भिमसेन मन्दिर हुदै मंगलबजारसम्म रहेको छ।

पाँचौ मार्ग लगनेखल प्रवेश द्धार भएर इटि, चुकबाहा (मिमनाथको मन्दिर), टंगबाहा, तबाहा
(मछिन्द्रनाथको मन्दिर), अग्निशाल (अग्निशाल मन्दिर), बाग तुं (गणेश मन्दिर), इखालखु (जरुँ पुरातात्विक), जोम्बाहा, तिच्छुगल्ली (काष्ठकला), चाबहा, बालकुमारी, हौग, हौगबहा हुदै मंगलबजार सम्म रहने संघले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ११ : २२ बजे