१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नक्कली पीसीआरको आशंकामा विमानस्थलबाट १२२ यात्रु नियन्त्रणमा




८ वैशाख ०७७, काठमाडौं । नक्कली पीसीआर परीक्षणको रिपोर्ट लिएर विदेश जान लागेको आशंकामा प्रहरीले १ सय २२ जना नियन्त्रणमा लिएको छ। त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले विदेश जान लागेका युवाहरुले देखाएको पीसीआर रिपोर्टमा शंका लागेपछि रोकेको हो।

रोकिएका सबै सुरिया ल्याबमा कोभिड १९ परीक्षण गराउनेहरु हुन्। बिहान ७ बजेदेखि ९ बजे बिचका फ्लाइटबाट विभिन्न मुलुक जान लागेका उनीहरुलाई विमानस्थलमै रोकिएको हो। अधिकांश खाडी मुलुकमा जान लागेकाहरु रोकिएका छन्।
उनीहरुले देखाएको पीसीआर रिपोर्ट सिनामंगलमा रहेको सुरिया हेल्थ केयर प्रालिबाट लिएको देखिएपछि उनीहरुलाई रोकिएको हो। सुरिया ल्याबमा महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेको थियो। छापा मार्दा ल्याबले स्वाब नै नलिइ नेगेटिभ रिपोर्ट दिएको खुलेपछि प्रहरीले विदेश जाने मानिसको रिपोर्टमा कडा निगरानी थालेको हो।

उनीहरु विभिन्न एयरलाइन्सबाट विदेश जान लागेका थिए। त्यस्तै, सोमवारमात्र प्रहरीले विमानस्थलबाट भारतीय नागरिक तसलिम अहमदलाई पक्राउ गरेको थियो। बुधबार नियन्त्रणमा रहेका केही भारतीय नागरिक समेत रहेको खुलेको छ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ५ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।