
sf7df8f}F, !# sflQs M df};d ;kmf ePkl5 laxLaf/ sf7df8f}F sLlt{k’/af6 b]lvPsf] :joDe” :t’kf Pj+ lxdfnsf] b[Zo . df};d v’n];Fu} pkTosfaf6 pQ/L If]qdf /x]sf lxd >[ªvnf ;u/dfyf, dgf:n’, uf}/Lzªs/, Nxf]T;], dsfn’, s~rghª3f lxdfn cflb lxdfn b]Vg ;lsG5 . tl:a/ M /f]zg ;fksf]6f÷/f;;
१० वैशाख ०७८, काठमाडौं । स्वयम्भू स्तूप परिसरका १७ घर एकीकरणपछि पुनः निर्माण सम्पन्न गरिएको छ । विसं २०७२ को भूकम्पले जीर्ण भएका बुद्धाचार्य परिवारका घर पुनःनिर्माण गरी यही वैशाख १३ गते घरधनीलाई हस्तान्तरण गरिने छ । स्वयम्भू पुनःनिर्माण समिति एवं काठमाडौँ महानगरपालिका वडा १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले स्वयम्भूका पुजारीका रुपमा शदियौँदेखि बस्दै आएको बुद्धाचार्य परिवारका १७ घरसँगै कर्मराज महाविहार (गुम्बा) पुनःनिर्माण दुई वर्षमा सकिएकाले आगामी सोमबार घरधनीलाई हस्तान्तरण गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
कामपाका प्रवक्ता डङ्गोलले भने, “घर एकीकरण गरेर (हाउस पुलिङ प्रणालीबाट) सञ्चालन गरिएको काठमाडाँै महानगरको यो पहिलो योजना हो ।” पुरातत्व विभागसँगको समन्वयमा घरलाई एउटै शैलीमा तयार पारिएको छ । कामपा १५ का वडा सदस्य आनन्द गौतमका अनुसार पुनःनिर्माणका लागि करीब रु १७ करोड लागत अनुमान गरिएको थियो । सोमध्ये रु १३ करोड ५२ लाखमा पुनःनिर्माण सम्पन्न गरिएको हो । यो लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औँ अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले बेर्होरेका हुन् ।
पुनःनिर्माणको काम २०७५ पुस ३० गतेदेखि थालनी गरिएको थियो । पुनःनिर्माण गरिएका घर घरधनीबाट एकपछि अर्कामा पुस्तान्तरण गर्न मिले पनि बेचविखन गर्न भने पाइने छैन ।








प्रतिक्रिया