२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको सातदोवाटोमा गम्भिर दुर्घटना,एकको मृत्यु एक घाइते




१० वैशाख ०७८,सातदोबाटो ललितपुर । शुक्रबार विहान सातदोबाटोमा स्कुटर दुर्घटनापछि एक महिलाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका ५ सातदोबाटोस्थित सडकमा प्रदेश ३–०२–०१३ नम्बरको स्कुटर शुक्रबार बिहान अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार स्कूटर अनियन्त्रित भई पैदलयात्री काठमाडौं बालाजु बस्ने दोलखा जिरी घर भएकी ७३ वर्षीया बिष्णु माया सुनारलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार भक्तपुर सूर्यविनायक नगरपालिका १० नलिन्चोक बस्ने २८ वर्षीय रोशन थापाको यसै अस्पताल विएण्डविमा अस्पतालमा उपचार भइरहेको छ ।
स्कुटर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रकृया अघि बढाएको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।