१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


परपुरुषसँग सम्बन्धपछि भक्तपुरमा श्रीमानको हत्या अरोप, महिला पक्राउ



©copyright : phuyal phuyal\lalitpurkhabar.com

१० वैशाख ०७८, भक्तपुर । परपुरुषसँगको सम्बन्धका कारण श्रीमानलाई खानामा विष खुवाएर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । विसं २०७२ माघ २८ गतेको अघिल्लो दिनमात्र वैदेशिक रोजगारबाट फर्केका ३२ वर्षीय विष्णु थापामगरलाई खानामा विषाक्त पदार्थ सेवन गराई हत्या गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले धादिङको साविक मुलपानी गाविस २ घर भई हाल सूर्य विनायक नगरपालिका ४ डेरागरी बस्ने २९ वर्षीया पार्वती थापामगरलाई साँढे पाँच वर्षपछि पक्राउ गरी आज शुक्रबार सार्वजनिक गरेको हो ।
प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार अनुसन्धानका क्रममा पार्वतीका श्रीमान् विष्णु २२ महिनाको वैदेशिक रोजगारी पछि २०७२ माघ २७ गते घर फर्किएका थिए । माघ २८ गते बिहान पार्वतीले छोराछोरीलाई अघिल्लो दिनको खाना खुवाई विद्यालय पठाइन् भने त्यसपछि पार्वतीले विष्णुलाई गहतको दाल, अण्डाकरीमा विष मिसाई खाना खुवाइन् ।
खाना खाएको केही समयपछि विष्णु गाह्रो भयो भन्दै उपचारका लागि मध्यपुर अस्पताल गएको र सोही दिन उनको ज्यान गएको थियो । अनुसन्धानका क्रममा घटनास्थलमा बरामद गरिएको गहतको दाल, अण्डाकरी, खाना (भात) तथा मुछिएको खानाको नमूना परीक्षणका क्रममा २०७४ साउन ९ गते प्रयोगशालाबाट आएको रिपोर्टमा अर्गान फोस्फोरस इन्सेक्टिसाइड्स नामको किटनाषक विषादी फेला परेपछि मृतकका भाइ लोकबहादुरले भाउजूबिरुद्ध किटानी जाहेरी दिएका थिए ।
विष्णुको मृत्युपछि प्रयोगशालाको रिपोर्ट आउनु अगाडि वैदेशिक रोजगारीमा गएकी पार्वती नेपाल फर्किएलगत्तै भक्तपुर जिल्ला अदालतको आदेशमा कोठाबाटै उनलाई पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिएका छन् । उनका अनुसार अनुसन्धानका क्रममा पार्वतीको श्रीमान् विष्णु वैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँग सम्बन्ध रहेको र सोही सम्बन्धका कारण विष सेवन गराई हत्या गरेको खुल्न आएको जानकारी दिइन् ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : ५१ बजे