१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरबाट खानीखोला पत्रिका प्रकाशन सुरु




११ वैशाख ०७७, चापागाँउ । ललितपुरबाट खानीखोला द्वमासिक पत्रिका प्रकाशन सुरु भएको छ ।
शनिबार ललितपुरको चापागाँउमा संघीय सासंद नवराज सिलवाल, संविधानसभाका सदस्य रामकृष्ण चित्रकार,जनभावना क्याम्पसका प्रमुख शिवराज सञ्जेल,कञ्चन स्कूलका प्रिन्सिपल नवराज सञ्जेल,पत्रकार ऋषि धमला,गोदावरी ४ का वडाध्यक्ष गिरीराज तिमल्सिना,भ्याली स्कूलका प्रिन्सिपल रविन्स शर्मालगायतले पत्रिकाको पहिलो अंक विमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै सासंद सिलवालले विकाशमा पछि परेको ललितपुरमा पत्रकारिता गर्न कठीन रहेको बताए । उनले भने,‘मैले विमोचन गरेको पत्रिका बन्द भएको सुन्न नपरोस् । साथीहरुलाई शुभकामना छ ।’
कलाकार शिवहरि पौडेलले आफ्नो सुरुवाती करिअरमा पत्रकारिता गरेको स्मरण गर्दै पत्रकारितापछि गायन र कलाकारिताको प्रसंग उल्येख गरे ।
जनभावना क्याम्पसका प्रमुख शिवराज सञ्जेलले पत्रकारहरुले लोकतन्त्र खतरामा पर्दै गएको परिस्थितीलाई बुझेर कलम चलाउन आग्रह गरे ।
संविधानसभा सदस्य रामकृष्ण चित्रकारले पत्रकारिता आफैमा चुनौतीपूर्ण भए पनि दक्षिण ललितपुरको विकाशका लागि सहयोगी हुने तर्क गरे ।
पत्रकार ऋषि धमलाले ललितपुरका स्थानीय विषयमा पत्रकारहरुलाई कलम चलाउन आग्रह गरे । उनले भने, ‘राजनीतिक क्षेत्रका विसंगतीका बारेमा कलम चलाउन म आग्रह गर्दछु । तर समाज भएका सबै सकारात्मक विषय पत्रकारले उठाउनु हुँदैन भन्ने पक्षमा चाही म छैन ।’
पत्रिकाका प्रकाशन केशव प्रसाद बजगाईले समाजका कला संस्कृती,शिक्षाजस्ता विषयलाई पत्रिकाले स्थान दिने बताएका थिए ।
पत्रिकाका सम्पादक सनत आचार्य रहेका छन् । मुख्य कार्यालय तारकेश्वर ५ वालाजुरहेको छ भने सम्पर्क कार्यालय चापागाँउस्थित मुसकान स्टुडियोमा रहेको छ । नगरपालिका कला साहित्य धर्म संस्कृती र समसामयिक राजनितिक मिश्रण रहने प्रकाशन बजगाईले बताए ।

कार्यक्रमको सञ्चालन इसिआर रेडियोका प्रमख तथा बज्रबाराही स्कूलका शिक्षक नवराज सञ्जेलले गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ६ : ०९ बजे