१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकासहित ९ जिल्लामा निषेधाज्ञाको तयारी, सबै परीक्षा स्थगित गर्न सिफारिश




१२ वैशाख ०७८, काठमाडौं। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले काठमाडौं उपत्यकासहित कोरोना संक्रमण बढी देखिएका केही जिल्लाहरुमा निषेधाज्ञा गर्ने तयारी गरेको छ। आइतबार बसेको सीसीएमसीका बैठकले यस्तो निर्णय गरेको हो। पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय कोरोना संक्रमित भेटिएको अवस्थामा निषेधाज्ञा गर्न सकिने जनाएको छ। सीसीएमसीले निशेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको छ।

सो निर्णयसँगै काठमाडौं लगायतका ९ जिल्लामा तत्काल निषेधाज्ञा लागू हुने सम्भावना बढेको छ। काठमाडौं लगायतका केही जिल्लामा संक्रमतिहरुको संख्या ५ सय नाघिसकेको छ।

अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय कटिसकेको छ।

त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन्। सीसीएमसीले पहाडी जिल्लाहरुमा भने ५ सय सक्रिय संक्रमित नपुगे पनि २ सय कट्नासाथ निषेधाज्ञा लगाउन स्थानीय तहलाई अधिकार दिएको छ।

यसैगरी सीसीएमसीको बैठकले अब हुने सबै तहका परीक्षा स्थगित गर्न पनि सिफारिस गरेको छ। पछिल्लो समय कोरोना संक्रमण दर बढिरहेकाकाले परीक्षा स्थागित गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।