७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्रिपरिषद बैठक बस्दै, सीसीएमसीको प्रस्तावबारे छलफल गरिने




१३ वैशाख ०७८, काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पाँच बजे बस्ने बैठकमा पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमण जोखिमबारे छलफल हुने जनाइएको छ ।
आजको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण रोकथामका लागि गरेको सिफरिसबारे छलफल हुने बताइएको छ ।

सीसीएमसीको आइतबारको बैठकले संक्रमण बढेकोस्थानमा निषेधाज्ञासम्बन्धी निर्णय लिने अधिकार स्थानीय प्रशासनलाई दिनुपर्ने प्रस्ताव गरेको थियो ।

त्यस्तै, सीसीएमसीको बैठकले आवश्यकता अनुसार लकडाउन गर्नुपर्ने प्रस्तावसमेत गरेको छ ।

यस्तै, पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित भएका जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : ११ बजे