१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बानेश्वर र शंखपार्कमा वाटर एटीएम



१३ वैशाख ०७८, काठमाडौं । काठमाडौंका थप २ ठाउँमा वाटर एटीएम सञ्चालन गरिएको छ । वडा १० बानेश्वरको छक्कुपक्कु पार्क र त्यसपछि वडा ४ को शंखपार्कमा महानगरका प्रमुख र उपप्रमुखले संयुक्त रुपमा एटीएम शुभारम्भ गरे । ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का राखेर कप र पानी लिँदै पिएर उद्घाटन गरेका हुन् ।

यसअघि गएको माघ २९ गते शंखधर पार्क ९रत्नपार्क० टिकट काउन्टरसँगै, स्वयम्भु भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगैका वाटर एटीएम स्टेशनहरु सञ्चालनमा आएका छन् ।

यो ठाउँलाई महानगरले ‘जरुंहिति’ नाम दिएको छ । महानगरले ०७६ चैत ९ गते स्वच्छ पिउने पानी उपलब्ध गराउन स्मार्ट वाटर भेन्डिङ् मेसिन(वाटर एटीएम) राख्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ३ : ०४ बजे