१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


८ बर्षीया वालिका बलात्कारको आरोपमा काठमाडौंबाट थापा पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१४ वैशाख ०७८ , काठमाडौं । ८ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । काठमाडौं चन्द्रागिरी नगरपालिका १४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका–१४ घर भएका ६३ वर्षीय कमल थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ४ : १८ बजे