३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


डाक्टर देशारको पुस्तक ‘रिफ्लेक्सन अफ लाइफ’ प्रकाशित



१५ वैशाख ०७८, चापागाँउ । ललितपुरको झरुवाराशीमा मंगलबार सासंद नवराज सिलवालले पाटन अस्पतालका दन्त विभागका प्रमुख डाक्टर विकाश देशारको नयाँ पुस्तक रिफलेक्सन अफ लाइफ विमोचन गरेका छन् । कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजन, वडाध्यक्ष भाष्कर थापा, पाटन अस्पतालका पुर्वनिर्देशक विष्णुप्रसाद शर्मा लगायत सहभागी थिए ।
कोरोना सर्तकताका साथ आयोजित कार्यक्रममा सिमित व्यक्ति सहभागी थिए । कार्यक्रममा सबैलाई मास्क र सेनिटाइजर उपलव्ध गराईएको थियो ।
कोरोना माहामारीको समयमा लेखिएको यस पुस्तक जीवनका आशा गर्नलायक विषयबस्तु समेटिएको डा देशारले बताएका छन् । चैत्र पुर्णिमा बज्रवाराही जात्राको अवसर पारेर विमोचित पुस्तकमा विभिन्न २० वटा फरक फरक विषयमा लेखिएको समेटिएको छ ।
साथै ललितपुर झरुवाराशीस्थित पोखरीटारमा वि.एन.आर. डेन्टल क्लिनिकको समेत शुभारम्भ गरिएको थियो ।
पुस्तकको मूल्य १ हजार रुपैया रहेको छ । पुस्तक रवि प्रकाशनले मुद्रण गरेको हो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।