१५ वैशाख ०७८, कोटेश्वर । काठमाडौंको कोटेश्वरमा मंगलबार राती भिषण आगलागी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भएको हो । यो आगो फैलिएर नजिकै रहेका तेज बहादुर कार्कीको घरमा रहेको फर्निचर पसल, अष्टमान महर्जन तथा रमेश गौतमको घरमा समेत आगलागी हुँदा करिब ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रतिक्रिया