१० पुस २०८१, बुधबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कृत्रिम अभाव सिर्जना गरेको पाइए कारबाही




१५ वैशाख ०७८, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले अनावश्यक सामान सञ्चित नगर्न आग्रह गरेको छ ।
बजार अनुमगनको क्रममा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त मात्रामा रहेको र खाद्यान्न सामग्री सहज रुपमा आपूर्ति भइरहने भएकाले अनावश्यक रुपमा किनेर नथुपार्न विभागले आग्रह गरेको हो । अहिलेको विषम परिस्थितिमा विभिन्न व्यक्ति तथा व्यवसायीहरुबाट अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभाव गराउने, भ्रामक सूचना सम्प्रेषण गर्ने, सामान लुकाउने लगायतका क्रियाकलाप बढेको पाइएकाले हल्लाको पछि नलाग्न विभागले सचेत गराएको छ ।

कसैले अनावश्यक भण्डारण गर्ने, सामान लुकाउने र कृत्रिम अभाव सिर्जना गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिने पनि विभागले जनाएको छ । यस्तै कसैले यस्ता गतिविधि गरेको भेटेमा विभागको टोल फ्री नम्बर ११३७ मा जानकारी गराउन पनि विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ३ : २२ बजे