१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा विवाह तथा ब्रतबन्धमा १५ भन्दा बढी सहभागी हुन नपाउने (विज्ञप्तिसहित)




१५ वैशाख ०७८, ललितपुर । ललितपुरमा हुने विवाह तथा ब्रतबन्धजस्ता कार्यमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउनेभएका छन् । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड महामारीलाई ध्यानमा राखी सो कार्यमा दुलाहादुलहीसहित केवल १५ जनालाई मात्र सहभागी हुन अनुरोध गरेको छ ।

सहायक प्रजिअ ललितकुमार बस्नेतले जारी गरेका सूचनामा जिल्लाभित्र सो कार्य गर्दा विवाहको ब्यानरसहितका दुई गाडी सवारी साधन प्रयोग गर्न पाइने र अन्तरजिल्लामा सो कार्यका लागि आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रशासन कार्यालयबाट जारी अनुमति पास लिन लिनुपर्ने भएको छ ।

जिल्लाभित्र बिरामी कुरुवाका रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिको हकमा अस्पतालले प्रदान गरेको कुरुवा पासका आधारमा आवतजावत गर्न दिइने तर अन्तरजिल्लाबाट मृत्यु संस्कार तथा बिरामी कुरुवाका हकमा ललितपुर छिर्नुपर्ने भएमा व्यहोरा खुल्ने कागजातसहित प्रशासनमा निवेदन पेश गर्नसमेत अनुरोध गरिएको छ ।

उक्त पत्रमा अत्यावश्यक खाद्यान्न सामग्री लिनका लागि बिहान सबेरैदेखि १०ः०० बजेसम्म र साँझ ५ः०० देखि ७ः०० बजेसम्म दुई पटक डिपार्टमेन्ट स्टोर खुल्ने जनाइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।