७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खानेपानीमन्त्री थापालाई कोरोना सङ्क्रमण




१७ वैशाख ०७८, काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए ।

मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उनको हिजो स्वाब सङ्कलन गरिएको थियो । उनकी छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो ।

मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएन । सङ्क्रमण पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्री निवास पुल्चोक आराम गरिरहेका उनका स्वकीय सचिव गौतमले जानकारी दिए ।

उनका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई सङ्क्रमण भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ३ : ०७ बजे