७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हेलिकप्टरसहित दुई मानव अवशेष फेला




१७ वैशाख ०७८, काठमाडौं । हिमाल सफा गर्ने क्रममा दुईवटा शव र हेलिकप्टरको अवशेष फेला परेको छ । सफा हिमाल अभियानअन्तर्गत बुधबार धवलागिरि आधार शिविरदेखि २०० मिटर दक्षिणतर्फ हिमाल आरोहणका लागि प्रयोग हुने उपकरणसहित दुई मानव अवशेष फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही आधार शिविरबाट एक किमीको दूरीमा रहेको इटाली आधार शिविर नजिक नाइनएन–एसीआर लेखेको हेलिकप्टरको टुुक्रा फेला परेको जानकारी दिइएको छ । मृतकको पहिचान नखुलेकाले छानविन भइरहेको तथा हेलिकप्टर भने एयर डायनेष्टिकको सन् २००६ मा दुर्घटना भएको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको सेनाले जनाएको छ । ती मानव अवशेष व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायसँग समन्वयको प्रक्रिया शुरु गरिएको जानकारी दिइएको छ ।

 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : ३४ बजे