१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा २ हजार ९२२ सहित नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण, थप ३७ जनाको मृत्यु




२० वैशाख ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा २ हजार ९२२ सहित नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पिसिआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा भक्तपुरमा २२२ , ललितपुरमा ५२२ र काठमाडौंमा २०२२ जना गरी २९२२ संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ५४ हजार ४१ छन्।
गत २४ घण्टामा २ हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।