१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसद्वारा प्रधानमन्त्रीको विश्वासको मतलाई असफल बनाउने निर्णय




२१ वैशाख ०७८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आज मंगलबार बसेको सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठकले यस निर्णय गरेको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिएका छन् ।
बैठकले संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा वर्तमान सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजको जनाउँदै आपत्तिसमेत जनाएको छ । कांग्रेसले संवैधानिक परिषद् सम्बन्धीलगायत सात अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेको छ ।
सभापति देउवाले आजै विज्ञप्ति जारी गरी संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा संसद्लाई छलेर सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको भनी आपत्तिजनक जनाएका छन् । “संवैधानिक परिषद् सम्बन्धीलगायत सात अध्यादेश ल्याउने सरकारको निर्णयको कांग्रेस घोर भत्र्सना गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिले मन्त्रिपरिषद्का सिफारिशमा प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले यस प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ८ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।