३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन




२३ वैशाख ०७८, काठमाडौं । गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । सुन्धारामा रहेको न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो निधन भएको हो ।
बिहीबार बिहान प्रधानको छातीमा सामान्य सङ्क्रमण देखिएपछि उनलाई न्युरो अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो १ः४५ बजे प्रधानलाई हृदयाघात भएको हो ।
आफ्नो समयका निकै चर्चित र स्टाइलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ ।
प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’, ‘‘पर लैजाउ फूलहरु’, लगायतका गीत चर्चित छन्।

८३ वर्षीय प्रधानको जन्म सन् १९३८ मा सिन्धुपाल्चोकको चौतारामा भएको थियो।
नेपाली गीत शक्तिका शिखर व्यक्तित्व प्रधानले विभिन्न राष्ट्रिय सम्मान पाएका थिए। २०२१ सालमा तत्कालीन राजा महेन्द्र शाहको हातबाट उत्कृष्ट गायक सम्मान, राजा वीरेन्द्रबाट २०४४ सालमा गोर्खा दक्षिण बाहु चौंथो र २०५३ सालमा विख्यात त्रिशक्ति पट्ट तेस्रोसँगै गायक प्रधानले छिन्नलता पुरस्कार, भुपालमान सिहं कार्की पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, नारायण गोपाल संगीत पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जनौ सम्मान र पुरस्कार पाएका थिए।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ४ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।