१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


छ गुणाबढी भाडा लिने गाडीलाई काभ्रेमा कारवाही



फाइल तस्विर

२४ वैशाख ०७८, काभ्रे । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ ।
काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको यस सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारवाही गरिएको कार्यालयले जनाएको छ । प्रतियात्रु रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित यो गाडीलाई यातायात व्यवस्था विभागमा कारवाहीको सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिइन । उनले भनिन्, “चालक र सवारी साधन होल्ड गरी कारवाही सिफारिश गरेका छौँ ।”

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : ४१ बजे