१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरमा विवाहको कार्यक्रममा भीड भयो : महाकाँल गाउँपालिका




ललितपुर खबर
२४ वैशाख ०७८, चापागाँउ । दक्षिण ललितपुरमा विवाह र भोज भतेरमा भीडभाड भएको भन्दै महाँकाल गाउँपालिकाले त्यसो नगर्न अपिल जारी गरेको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र चन्दको हस्ताक्षरमा प्रकाशित विज्ञप्तीमा भनिएको छ– ‘यस्तो महामारीको प्रकोप बढिरहेको अवस्थामा पनि विवाह तथा भोजभतेका कार्यक्रमहरु गाँउपालिकाभित्र निरन्तर रुपमा भइरहेका छन् । नयाँ संक्रमणको संक्रमित हुने दर तथा पृष्ठभूमि हेर्दा धेरै जस्तो विवाह तथा भिडभाडमा र भोजभतेरमा समावेस हुनेहरु उच्च रहेकाले यस्ता विवाह तथा भोजभतेर सम्बन्धि गतिविधि कार्यक्रमहरु नेपाल सरकार तथा जिल्ला  प्रशासन कार्यालय ललितपुरले जारी गरेको निषेधाज्ञा तथा आदेशमा भएको व्यवस्था अनुसार जनसवास्थ्यको मापदण्ड पूरा गरी तोकिएको संख्याभन्दा भीडभाड नगरी भौतिक दुरी कायम गरी सम्पन्न गर्न महाकाल गाउपालिका अपिल गर्दछ ।’
गाउँपालिकाले महानगरिय प्रहरी बृत्त चापागाँउ र इलाका प्रहरी कार्यालयहरु चौघरे र गोटीखेल र गाँउपालिकाका वडा कार्यालयहरुलाई बोधार्थ लेख्दै यो अपिल जारी गरेको हो ।
केही दिन अघि ललितपुर खबरले दक्षिण ललितपुरमा विवाह र भोजभतेरमा भिड भएको समाचार प्रकाशन गरेको थियो । शुक्रबार बैशाख २४ गतेको लगन  रहेको विवाहमा उत्तिकै भीड बढेको सन्र्दभमा गाँउपालिकाले विज्ञप्ती निकालेर ध्यानाकर्षण गराएको हो ।
जिल्ला प्रशासन कार्यालयले गत वैशाख २१ गते थप गरेको निषेधाज्ञामा १५ जना भन्दा धेरै सहभागी भएर विवाह गर्न प्रतिबन्ध लगाएको छ । निषेधाज्ञा विपरित कही कतै यस्ता गतिविधि भएको पाइए कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले यसअघि नै चेतावनी दिए सकेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  २ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।