१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बस र ट्रक ठक्करपछि १८ जना घाइते



फाइल तस्विर

२४ वैशाख ०७८,मकवानपुर । हेटौँडा उपमहानगरपालिका १९ नेवारपानीस्थित सडकमा ना.७ ख ९१४० नम्बरको बस र ना.५ ख ४१४६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा ट्रक तथा बस चालक र बसमा सवार समेत गरी १८ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि चुरेहिल अस्पताल र हेटौडास्थित सहकारी अस्पताल पठाइएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर, ७ जना मध्यम र १० जनाको अवस्था सामान्य रहेको छ ।
उद्दार गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : ४७ बजे