१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा



महाँकाल गाउपालिकामा संचालनमा रहेको एम्बुलेन्स । फाइल तस्विर

ललितपुर खबर
२५ वैशाख ०७८, ललितपुर । ललितपुरमा कोरोना संक्रमितहरुका लागि निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलव्ध हुने भएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी श्री ललितकुमार बस्नेतको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका एम्बुलेन्सहरुका सम्बन्धमा सरोकारवालाहरुको सहभागितामा बैठक बसेर एम्बुलेन्स निःशुल्क रुपमा उपलव्ध गराउने निर्णय गरेको हो । बस्नेत कोरोना संक्रमणपछि आइसोलेसनमा रहेर पनि निरन्तर बैठक तथा फोन सम्पर्कमार्फत काम गरिरहेको ललितपुर खबरलाई जानकारी दिएका छन् ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गोलालले ललितपुर महानगर, महालक्ष्मी र गोदावरी नगरले कोरोना संक्रमणका विरामीलाई आवश्यक पर्ने एम्बुलेन्स निशुल्क रुपमा उपलव्ध गराउने प्रतिबद्धता दिए अनुरुप सबै पालिकासँग बसेर निशुलक रुपमा सञ्चालनमा ल्याउनका लागि निर्णय गरिउको बताए ।
बिरामी बोक्न प्रयोग गरिएको एम्बुलेन्सको लागि लागेको खर्च जुन पालिकाको क्षेत्रवाट बिरामी अस्पतालसम्म पुर्याइन्छ सोहि स्थानिय तहले नै व्यहोर्ने व्यवस्था गर्ने निर्णय गरिएको छ । यस सम्बनधमा पालिका प्रमुखसँग छुट्टै बसी थप निर्णय गर्ने जानकारी दिइएको छ ।
सबै एम्बुलेन्समा अक्सिजन जडान गरी चलाउने तयारी गरिएको बस्नेतले जानकारी दिएका छन् । ललितपुरमा कोरोना संक्रमितहरुका लागि विरामी बोक्न समस्या भइरहेको र धेरै गुनासाहरु आउन थालेपछि व्यवस्थि तगर्ने योजना अनुरुप यो निर्णय गरिएको बस्नेतको भनाई छ ।
साथै ललितपुर जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सलाई अनिवार्य रुपमा बैशाख मसान्त भित्र जिपिएस जडान गरिने भएको छ । यस कामको रेडक्रस सोसाइटी ललितपुर शाखाले समन्वय गन जिम्मेवारी तोकिएको छ ।
बस्नेतका अनुसार केही एम्बुलेन्समा जिपिएस जडान भइसकेको र बाँकी एम्ब’लेन्समा छिट्टै जिपिएस जडान गरेर सञ्चालनमा ल्याउन लागिएको हो ।
यसको अनुगमन गरी जिपिएस जडान नभएका एम्बुलेन्स सञ्चालन रहेको पाइएमा नियमानुसार कारवाही गर्ने समेत बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १२ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।