३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


निषेधाज्ञापछि ललितपुरमा मूल्यबृद्धि



निषेधाज्ञाको समयमा चापागाँउको एक पसलमा सामान किन्ने क्रममा उपभोक्ताहरु । फाइल तस्विर : ललितपुर खबर

ललितपुर खबर
२६ वैशाख ०७८, चापागाउ । निषेधाज्ञापछि ललितपुरको बजारमा मूल्यबृद्धि गरिएको छ ।
चापागाँउस्थित होलसेल बजारमा दैनिक उपभोग्य बस्तुहरुको मूल्य बृद्धि गरिएको हो । दक्षिण ललितपुरको सदरमुकामको रुपमा परिचित चापाँगाँउमा उपभोग्यबस्तूहरुको मूल्य बृद्धि गरिदा मध्य तथा दक्षिण ललितपुरका उपभोक्ता मर्कामा परेका छन् ।
पछिल्ला दिनमा दाल चामल चाउचाउलगायतका खाद्यान्नमा ५ देखि १० प्रतिशतसम्म मूल्य बढाइएको चापागाँउमा खुद्रा व्यापार गर्ने व्यापारीले बताए । उनले भने, ‘५ सय ३० रुपैयाँमा पाउने एक बाकस चाउचाउ अहिले ५ सय ५० रुपैयाँको विल काटिएको छ । यस्ता सबैजसो सामानमा मूल्य बृद्धि गरिएको छ ।’
उनका अनुसार दाल,चामल,चिउरा,अण्डा, चिनीलगायतको सामानमा पहिलेभन्दा केही मूल्य बढाइएको छ ।
प्रशासनले विहान ९ बजेसम्म पसल खोल्न अनुमती दिएपछि आम्दानी बढाउन व्यापारी आफैले मोल बढाएको उनले आरोप लगाए ।
चापागाँउमा होलसेल व्यापार गर्ने एक व्यापारी भने आफूहरुले विलमा अंकित मूल्य अनुसार नै सामान सामान बिक्रि गर्ने गरेको दावी गरे । उनले भने, हामीले बजारमा बेच्दा २० प्रतिशतसम्म मोल बढाएर बेच्न पाउछौं । तर हामी एक दुई प्रतिशत थपेर बेच्छौं । बजार अनुगमन आउँदा हामीलाई केही अप्ठ्यारो छैन । विल देखाएर प्रमाणित गर्न सक्छौं ।
निषेधाज्ञापछि कल कारखाना नचल्दा बजारमा सामान अभाव भएको र मूल्यबद्धि भएको व्यापारीहरु बताउदै आएका छन् । पछिल्लो समय निषेधाज्ञामा सामान ल्याउन कठीनाई हुदा पछि मोल बढेको उनीहरुको भनाई छ ।
नाम नबताउने शर्तमा अर्का व्यापारीले भने,कालोबजारीमा संलग्न डिलरहरु हुन् । यो प्रतिश्पर्धामा हामीले मोल बढाउन सक्दैनौं । डिलरलाई कसैले छुदैन ।
यहाँका व्यापारीहरु उपभोक्ताहरु नै निषेधाज्ञापछि सामान अभाव हुने भन्दै घरमा थुपार्न व्यव्सत रहेको आरोप लगाउछन् । उनीहरुका अनुसार पछिल्लो समय तुलनात्मक रुपमा धेरै सामान किन्ने उपभोक्ताहरुका कारण सामानको अभाव भएको हो ।

 

ललितपुरको बजारमा चुरोटको कृतिम अभाव
२६ वैशाख ०७८, ललितपुर । निषेधाज्ञापछि ललितपुरको बजारमा चुरोटको चरम अभाव देखिएको छ ।
निषेधाज्ञापछि चुरोट बजारमा बिक्रि वितरणका लागि सेल्सम्यानलाई अनुमती नहुँदा बजारमा चुरोटको अभाव भएको चापागाँउस्थित एक होलसेलका व्यापारीले बताए । भने, हामी कहिले काँही खाध्यान्नसँग मिसाएर ल्याउने गर्छौं । पुरानो स्टक भएको बेचेको हो । अव पाउनै छाडिसक्यो ।
चापागाँउका होलसेल व्यापारीहरु सधै सामान किन्ने किराना पसललाई मात्रै चुरोट बेच्ने गरेको एक किराना व्यापारीले आरोप लगाए । उनले भने, यहाँका होलसेल व्यापारी नै चुरोट लुकाएर कृतिम अभाव श्रृजना गरिरहेका छन् ।
चापागाँउमै किराना व्यापार सञ्चालन गर्ने व्यापारीका अनुसार चुरोटको अभावका कारण होलसेल व्यापारीले पसलहरुलाई चुरोट दिन छोडेको बताउछन् । भन्छन्, होलसेलहरु नै आजकल खुद्रा चुरोट बेच्छन् । होलसेल दिदैनन् ।
चापागाँउस्थित अर्का होलसेल व्यापारी

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।