१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरमा ८६ जना कोरोना संक्रमित




ललितपुर खबर
२७ वैशाख ०७८, चापागाँउ । गोदावरी नगरपालिकामा ८६ जना नयाँ कोरोना संक्रमित रहेका छन् ।
गोदावरी नगरपालिकाका अनुसार पछिल्लो समय यस नगरमा ४५ जना पुरुष र ४१ जना महिलासहित ८६ जना कोरोना संक्रमित फेला परेका हुन् ।
नगरपालिकाले उपलव्ध गराएको तथ्याङ्क अनुसार नगरपालिकामा आजसम्म यो ९२४ पुरुष र ७०१ महिला सहित नगरमा १ हजार ६२५ जना कोरोना संक्रमित फेला परिरहेका छन् ।
गोदावरी नगरपालिकामा वडा नं. १०मा सर्वाधिक धेरै १८ जना कोरोना संक्रमित छन् । यो क्षेत्र प्याङ्गाँउ टाहाखेल क्षेत्र पर्छ । जहाँ ९ जना पुरुष र ९जना महिला संक्रमित छन् । गोदावरीको वडा नं. ४ बडिखेलमा सबैभन्दा थोरै १ जना पुरुष मात्रै कोरोना संक्रमित छन् ।
यस नगरमा अहिलेसम्म जना कोरोना संक्रमितहरुले रोगसँग लडेर निको भइसकेका छन् । भने ३१६ जना रोगसँग लडेर निको हुने क्रममा छन् । गोदावरी नगरका १७ जना नागरिक विभिन्न अस्पतामा जना संक्रमित उपचाररत छन् । २ सय ९९ जना संक्रमित भने होम आइसोलेसनमा स्वास्थ्यलाध गरिरहेका छन् ।
गोदावरी नगरमा अहिलेसम्म २२ जना कोरोना संक्रमणपछि मृत्युवरण गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ११ : ४६ बजे