१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा थपिए ३ हजार ६०७ संक्रमित



२७ वैशाख ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो।  ती मध्ये काठमाडौं जिल्लाका २७७५ जना, ललितपुरका ५०५ जना र भक्तपुरका ३२७ जना छन्।

पछिल्लो २४ घण्टामा १८ हजार ४११ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमध्ये १७६२३को पिसिआर र ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

सो परीक्षणबाट नेपालभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, यसंक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७ जना निको भइसकेका छन्।  काठमाडौं उपत्यकामा अहिले ३९ हजार ४६३ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा मात्रै २० हजार ७१ जना, भक्तपुरमा ४ हजार ११२ र ललितपुरमा ६ हजार २८० छन्।

संक्रमणबाट काठमाडौंका एक लाख १७ हजार ८२८ जना निको भइसकेका छन्। ललितपुरका १० हजार १६९ र ललितपुरका १८ हजार २६९ जना निको भइसकेका छन्।

कोरोना संक्रमणबाट काठमाडौंका ८६३ जना, ललितपुरका २४७ जना र भक्तपुर १७६ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ८ : ५१ बजे