१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आज काठमाडौंको शंखरापुर नगरपालिका बन्द




२८ वैशाख०७८, साँखु । आज काठमाडौँको साँखस्थितु शङ्खरापुर नगरपालिका बन्द छ । वडा नं ४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङको शनिबार साँझ नेपाल मेडिकल कलेज अत्तरखेलमा कोरोना सङ्क्रमणका कारण ४४ वर्षका उमेरमा निधन भएसँगै आइतबार बसेको नगरपालिकाको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै मङ्गलबार नगरपालिका र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख सुवर्ण श्रेष्ठले मङ्गलबार एक दिन स्वास्थ्य संस्थाबाहेक नगरपालिकाका सम्पूर्ण कामकाज बन्द गरिने जानकारी दिएका छन् । बैठकले वडाध्यक्षको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ११ : ०३ बजे