१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर ठिमीको कपडा पसलमा चोर पस्यो




२७ वैशाख ०७८, भक्तपुर । मध्यपुरठिमी नगरपालिका ६ बहाखामा चोरी भएको छ । प्रहरीका अनुसार बहाखा बजार बस्ने कञ्चनपुर कृष्णनगर नगरपालिका २ घर भएकी २८ वर्षीया भावना धामीको लेडीज कपडा पसलमा चोरी भएको हो । उनको पसलबाट नगद ९ हजार ९ सय रुपैयाँ र १ लाख ८८ हजार रुपैयाँ बराबरको लेडिज कपडा समेत गरी करिब १ लाख ९७ हजार ९ सय रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएका प्रहरीले जानकारी दिएकोे छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ३७ बजे