४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको महालक्ष्मी नगरले माग्यो कर्मचारी




ललितपुर खबर
२८ वेशाख ०७८, ललितपुर । सरकारी जागिर खोजिरहनु भएको छ ? चिन्ता नलिनुस् । तपाई स्वास्थ्य क्षेत्रमा करिअर बनाउन खोजिरहनु भएको छ भने उत्तरपुर्वी ललितपुरको महालक्ष्मी नगरपालिकाले करारमा कर्मचारीका लागि आवेदन मागेको छ ।
नगरपालिकाले हेल्थ असिस्टेन र स्टाफ नर्स नियुक्त गर्न लागेको हो । १ बर्षदेखि ३५ वर्षसम्मका मान्यताप्राप्त शिक्षण संस्थाबाट पिसिएल नर्सिङ कोर्ष उर्तिण गरेको र नर्सिङ परिषदमा दर्ता भएको व्यक्तिले स्टाफ नसकै लागि र १८ बषदेखि ३५ वर्षसम्मका सामान्य चिकित्सामा प्रमाणपत्र उर्तिण गरेका सम्बिन्ति कााउन्सिलमा दर्ता भएकाहरुले हेल्थ असिस्टेनमा आवेदन दिन पाउनेछन् ,
प्रमुख प्रशासकिय अधिकृत पुरषोत्तम सापकोटा हस्ताक्षरमा प्रकाशित सुचनामा जनाइए अनुसार आवेदन दिन कुनै शुल्क लाग्दैन ।
तलव र सुविधा भने नगरपालिकाको नियम निर्णय हुने जनाइएको छ । कर्मचारी छनौट अन्र्तवार्ताबाट गरिने उल्येख छ । हेर्नुस् सूचना :

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।