१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप, खाद्यान्न र तरकारी पसल बिहान १० बजेसम्म खाेल्न पाइने




२८ वैशाख ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । बैठकमा काठमाडौंका प्रजिअ पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी थिए । कोरोना संक्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला बैठकमा सहभागी भएनन् ।
त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ ।
बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारीले उपत्यकामा बिहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेका छन् । यसअघि ९ बजेसम्म मात्र खोल्न दिइएको थियो । वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : ५७ बजे