२८ वैशाख ०७८, काठमाडौं । मंगलबार एकै दिन कोरोना भाइरस संक्रमणबाट देशभर २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारको यो तथ्याङ्कसँगै अहिलेसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ ।
गएको २४ घण्टामा ९ हजार ४८३ जनामा कोरोना भेटिएको छ । देशभरका प्रयोगशालमा २१ हजार ३१६ नमुना परीक्षणमा पछि यो संख्या आएको हो । अहिलेसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । मन्त्रालयका अनुसार गएकोे २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया