१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाँचखालबासी विपन्नलाई दश हजार कोरोना उपचार खर्च




२८ बैशाख ०७८, पाँचखाल काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले कोरोना सङ्क्रमित विपन्न व्यक्तिलाई उपचार खर्च वापत दश हजार रुपैयाँ दिने भएको छ ।
नगरपालिका प्रमुख महेश खरेलले आज सार्वजनिक सूचना जारी गर्दै नयाँ भेरियन्टसहितको कोरोना फैलदै गएकोले कोरोना सङ्क्रमित उपचाररत अति विपन्नलाई वडाको सिफारिस र अस्पतालको कागजातको आधारमा नगरपालिकाले दश हजार रपैयाँ उपलब्ध गराउने निर्णय भएको बताएका छन् ।
यसअघि नगरभित्र सञ्चालित चार वटा एम्बुलेन्सले मात्रै कोरोनाका बिरामी बोक्न नसक्ने देखिएपछि यो नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत चढ्ने सुविधाको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।